एमालेलाई सिध्याउँछु भन्ने कुरा सत्ता पक्षलाई कहाँबाट आयो ? : ओली

 जेठ १२, २०७९ बिहिबार ११:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनाव २०७९ स्वच्छ र निष्पक्ष हुन नसकेको दाबी गर्नुभएकाे छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा धाँधली गरेको आरोप लगाउनु भयो ।

उहाँले विपक्षी पार्टीलाई सिध्याउँछु भनेर सत्ता पक्ष लागि परेको आरोप समेत लगाउनुभयो । सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउँछु भन्ने कुरा आफूले दुनियाँमा कहीँ नसुनेको ओलीले बताउनुभयो । राज्य संयन्त्रको दुरुपयोग गरेर सत्ता पक्षले प्रतिपक्ष विरुद्ध लागि परेको पनि ओलीको आरोप छ ।

ओलीले एमाले राष्ट्रघाती र देशद्रोही पार्टी नभएका भन्दै आफूहरु बैशाखी टेकेर म्याराथनमा भाग नलिई आफ्नै खुट्टाले टोकेर आएको दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया