सुकुम्वासीलाई तत्काल लालपुर्जा वितरण गर्ने तुलसीपुरका मेयरकाे निर्णय

 जेठ १२, २०७९ बिहिबार २०:३१:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्काले सुकुम्वासीकाे लगत सङ्कलन गरी तत्काल लालपुर्जा वितरण गर्ने निर्णय गर्नुभएको छ ।

आज बिहीवार पदबहाली गर्दै मेयर खड्काले अव्यवस्थित बसोवास र सुकुम्वासीकाे समस्या समाधान गर्ने पहिलो निर्णय गर्नुभएको हो । यसैगरी  ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि भएको छ ।

७० वर्ष पुगेका ज्येष्ठ नागरिक, दुई महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको छ । 

तस्बिर : सुशील खड्काकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया