काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

 जेठ १२, २०७९ बिहिबार २३:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित हुनुभएको छ ।

साह ६१ हजार सात सय ६६ मत प्राप्त गरी मेयरमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका केशव स्थापितले ३८ हजार एक सय १५ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुनुभयो ।डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार आठ सय ६ मत प्राप्त गर्नुभयो ।

पालिका चुनाव अन्तर्गत काठमाण्डौ महानगरपालिकामा एक लाख ९० हजार नौ सय ६२ मत खसेकोमा सात हजार ६ सय मत बदर भयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया