बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक : १३ जना स्वतन्त्रबाट प्रमुखमा निर्वाचित

 जेठ १३, २०७९ शुक्रबार ७:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ । नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१ वटा पालिकामा प्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले ३०, नेकपा (एकीकृत समाजवादी) ले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पाटीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशील, तमलोपा र विवेकशील साझाले १/१ र  स्वतन्त्रले १३ पालिकामा प्रमुख पद जितेका छन् ।

पछिल्लो पटक काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जना प्रतिनिधि चुन्न गएको वैशाख ३० गते मतदान भएको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया