रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा का‍ंग्रेसका खाण विजयी

 जेठ १३, २०७९ शुक्रबार ७:४३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रूपन्देही - रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी हुनुभएको छ ।

उहाँले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई पराजित गर्नुभयो ।

खाणले २४ हजार ३ सय ९६ र चापागाईँले २३ हजार ६ सय ३१ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेकपा एमालेकी जगेश्वरीदेवि चौधरी विजयी हुनुभएको छ ।

उहाँले २३ हजार ८६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५ सय ४६ मत ल्याउनुभयो । मेयरमा निर्वाचित रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया