दाङ : सिकार खेल्न गएका बेला गोली लागेर एक जनाको ज्यान गयो, दुई नाबालकसहित ८ जना पक्राउ

 जेठ १४, २०७९ शनिबार ११:३८:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको ज्यान गएको छ ।

बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमा सिकार खेल्न गएका लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिनुभयो ।

सिकार खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पड्किएको प्रहरीको भनाइ छ । घटनापछि ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना नाबालक छन् ।

प्रहरीले लमही–१ वसन्तपुरका ४० वर्षीय जीवलाल घर्तीमगर, ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, मृतकका दाइ २८ वर्षीय मीनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगरलाई पक्राउ परेका गरेकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया