त्रियुगा नगरपालिकाकाे मेयरमा कांग्रेस, उमपेयरमा एमाले विजयी

 जेठ १६, २०७९ सोमबार १५:४७:१८ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई दुई हजार ८३ मतान्तरले पराजित गरी विजयी हुनुभएकाे हाे । नवनिर्वाचित मेयर बस्नेत २०७४ सालको पालिका चुनावमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले पराजित हुनुभएको थियो ।

निर्वाचित बस्नेतले १३ हजार नाै सय ५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार आठ सय ७३ मत प्राप्त गर्नुभयाे । निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले नाै हजार एक सय ४७ मत पाउनुभयाे । 

उपमेयरमा नेकपा एमालेकी महेश्वरी राई निर्वाचित हुनुभएकाे छ । उहाँले नेपाली कांग्रेसकी सरिता राईलाई एक हजार सात सय २२ मतान्तरले पराजित गर्नुभयो । महेश्वरीले १३ हजार सात सय तीन मत प्राप्त गर्नुभयो भने सरिताले ११ हजार नाै सय ८१ मत प्राप्त गर्नुभयाे । नेकपा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार गीता खड्का कार्कीले ६ हजार पाँच सय ६८ मत प्राप्त गर्नुभयो । 
त्रियुगा नगरपालिकामा ४० हजार एक सय ३७ मत मत खसेको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया