त्रियुगा नगरपालिका–१० मा ‘चिट्ठा’ बाट एमाले विजयी

 जेठ १६, २०७९ सोमबार १६:६:४८ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१० काे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएकाे छ । वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

रुख र सूर्य चिह्नमा बराबरी मत (१०५३–१०५३) आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित हुनुभएको छ । 
दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकाेमा अन्तिममा मत बराबरी भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया