दुवै पक्षले क्षमायाचना गरेपछि मिरुना र फुर्पाबीच सहमति

 जेठ १७, २०७९ मंगलबार १९:२१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'कबड्डी ४' की अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ । 

गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थप्पड हानेकाे र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 
सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ । 

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरूलाई साथ दिन पुगेकी मिरुनाले फुर्पाले गलत नियतले छोएको आरोप लगाएकी थिएन् । 

तस्बिर : जीवन पराजुलीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • sonam

    May 31, 2022, 10:22 p.m.

    कस्तो अचम्म है .....लामा भनेपछि जे गरेपनि हुने रहेछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया