बतास समूहलाई पशुपति धर्मशालामा होटल चलाउन दिएको अन्तरकालीन आदेश बदर

 जेठ १८, २०७९ बुधबार २०:१०:३१ | विमल बिष्ट
unn.prixa.net

पशुपति धर्मशाला

काठमाण्डौ – जिल्ला अदालत काठमाण्डौले बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि गरेको अन्तरकालीन आदेश बदर गरेको छ ।

आज बुधवार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाण्डौ जिल्ला अदालतले बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरेको पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

गएको चैत २५ गते जिल्ला अदालत काठमाण्डौले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा आनन्द बतास समूहले सञ्चालन गरिरहेको होटलको पक्षमा अन्तरकालीन आदेश दिएको थियो ।

त्यो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले निवेदन दिएको थियो । निवेदनको आजसुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले पशुपति क्षेत्र विकास कोष र बतास समूहबीचको करार भङ्ग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुनअनुसार नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको विकास काषेले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया