बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खुला गर्न नसक्दा राजश्व चुहावट

 जेठ २१, २०७९ शनिबार १२:३६:४७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट हुँदै आएको छ ।

चैनपुरबाट ८५ किलो मिटरको दूरीमा रहेको ताक्लाकोट नाका साइपाल गाउँपालिकासँग जोडिएको छ ।

बर्सेनि ३ करोडभन्दा धेरैको यार्सागुम्बालगायत अन्य बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको भए पनि सरकारको कुनै पनि निकाय नभएका कारण राजश्व चुहावट भइरहेको साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनुभयो । पालिकामा निर्वाचित भएपछि आफूले नाका खोल्न पटकपटक प्रदेश र सङ्घ सरकारसँग माग गरे पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।

बझाङबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँच औँलेलगायत जडीबुटी निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य वस्तु चौँरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको साइपाल गाउँपालिका वडा नम्बर २ का स्थानीय तिलकबहादुर विकले बताउनुभयो ।

उताबाट नुन, कपडा, जुत्तालगायतका वस्तु आयात हुने गरेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया