बर्दियाको मधुवन झडपमा एक जनाकाे ज्यान गयाे, डीएसपीसहित केही स्थानीयवासी घाइते

 जेठ २३, २०७९ सोमबार २०:१२:२० | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक युवतीकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मधुवन २ कि नविना चाैधरीकाे ज्यान गएकाे हाे । 

झपडका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झपडका क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ । मधुवनको ओरालीमा भएको प्रदर्शन राकिए पनि गुलरिया–राजापुर सडक खण्ड अझै बन्द छ ।  

आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएकाे हो । थारुको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । 

वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया