काठमाण्डौसहित देशका धेरै ठाउँमा मौसम सफा, दिउँसोपख पानी पर्ने सम्भावना

 जेठ २८, २०७९ शनिबार ७:५५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । अहिले बिहान मौसम सफा रहे पनि दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

दिउँसो प्रदेश १, गण्डकी, मधेस र बाग्मती प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजको मौसम आंशिक बदली रहनेछ । 

अहिले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने स्थानीय वायुकै प्रभाव रहेको महाशाखाकी मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया