अमेरिकामा अन्तर्राष्ट्रिय यात्रामा कोरोना परीक्षण रिपोर्ट बुझाउनुपर्ने प्रावधान हट्यो

 जेठ २८, २०७९ शनिबार १४:२४:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एबीसी न्यूज

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान हटाएको छ ।

अन्तर्राष्ट्रिय उडानमा जानु एकदिन अघि यात्रीहरूले कोरोना सङ्क्रमण नभएको परीक्षण रिपोर्ट पेस गर्नुपर्ने प्रावधानलाई भोलिदेखि लागू हुने गरी हटाइएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ । अमेरिकाले सरुवा रोग रोकथाम तथा नियन्त्रण निकायहरूको सुझावका आधारमा कोरोना नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने बाध्यता हटाएको हो ।  

स्वास्थ्यमन्त्री जेभियर बेसेराले कोरोना विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको बताउनुभयो । कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था हटाए पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।

विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका लागि ठूलो कदम भएको प्रतिक्रिया दिएका एपीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया