जुम्लाको दुर्गम डुङ्ग्री गाउँमा निःशुल्क पाठेघरको शिविर : ७३ जनाको परीक्षण

 जेठ २९, २०७९ आइतबार ७:१५:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको दुर्गम गाउँ डुङ्ग्रीमा पाठेघरको निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

तिला गाउँपालिका–५ डुङ्ग्री गाउँमा ४६ घरधुरी रहेका छन् । डुङ्ग्री गाउँ कर्णाली राजमार्गबाट झन्डै ३ घण्टाको उकालो काटेर पुग्न सकिन्छ । पाठेघरको समस्या भएका महिला उपचारबाट वञ्चित थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार शिविरमा ७३ जना महिलाको पाठेघर सम्बन्धी समस्याको परीक्षण गरिएको छ । तीमध्ये ३ जना ढिमकोट गाउँका महिलाले स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गरेका थिए ।

शिविरमा परीक्षण गरिएकामध्ये २६ जनाको पाठेघरमा समस्या देखिएको स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया