हेटौँडा–९ मा ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको ज्यान गयो

 जेठ २९, २०७९ आइतबार ७:२९:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटको ठक्करबाट हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएको थियो ।

बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया