विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै

 असार १, २०७९ बुधबार ११:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ह्युस्टनमा बेलुका सवा ९ बजे खेल्न लागेको हो ।

अमेरिकामा चलिरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । आज बिहान सकिएको खेलमा ओमानलाई ७ विकेटले हराउँदै नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

नेपालले १५ खेलमा १५ अङ्क जोडेको छ । अमेरिका २१ अङ्कका साथ चौथो स्थानमा छ । पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । ओमान ४४ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ ।

स्कटल्यान्ड २८ अङ्कसहित दोस्रो, यूएई २६ अङ्ककासाथ तेस्रो, नामिबिया १४ अङ्ककासाथ छैटौँ र पपुवा न्युगिनी २ अङ्ककासाथ पुछारमा छ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया