गण्डकी प्रदेशकाे बजेट झन्डै ३६ अर्ब रुपैयाँ (पूर्ण पाठ)

 असार १, २०७९ बुधबार १८:२१:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि झन्डै ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।  

गण्डकी सरकारले आन्तरिक राजस्व पाँच अर्ब नाै करोड उठाउने लक्ष्य लिएको छ । यस्तै रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । गण्डकी सरकारले प्रदेशभित्रका ८५ पालिकालाई झन्डै चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले विभिन्न शीर्षकका अनुदानमा दुई अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा कृषि उत्पादन कार्यक्रम कार्यान्वयन गर्न ५० करोड रुपैयाँ छुट्याएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया