सुदूरपश्चिम प्रदेशकाे बजेट ३६ अर्ब ७४ कराेड रुपैयाँ (पूर्ण पाठ)

 असार १, २०७९ बुधबार १९:२४:१६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । 

प्रदेश सभामा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको बजेटमा कृषि विकास र सडक पूर्वाधार विकासलाई पाँच अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बाढी पहिरो प्रभावितका लागि एक अर्ब १२ करोड, खानेपानी संरचना निर्माण गर्न एक अर्ब ६७ करोड ९७ लाख, सिँचाइ र यान्त्रिकीकरणका लागि ७५ करोड, विपन्न समुदायका लागि एकीकृत बस्ती निमार्ण गर्न १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । एक अर्ब बजेटसहित प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम नयाँ कार्यक्रम आएको छ । 

प्रदेश सरकारले सङ्घीय सरकारअन्तर्गत सशस्त्र, जनपथ प्रहरीका पूर्वाधार निर्माण, कारागारमा, सीमा सुरक्षामा रकम विनियोजनलाई निरन्तरता दिइएको छ । 

तस्बिर : राेजेन्द्र जाेशी 

अन्तिम अपडेट: चैत ११, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया