अमेरिकामा  ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि

 असार २, २०७९ बिहिबार ९:१६:२४ | एजेन्सी
unn.prixa.net

अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ ।

फेडरल रिजर्भ बैंकले १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । गएको महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्चयताको यो तेस्रो यस्तो वृद्धि हो ।

यो सँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो । गएको मार्च महिनामै पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अर्थविद्ले बताएका छन् ।

यो वर्षको अन्त्यसम्ममा बैंकले फेडरल रिजर्भ बैंकबाट सापटी लिँदा ३ दशमलव ४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने जनाइएको छ । यसले नागरिकले पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।

विश्वभरका केन्द्रीय बैंकले पछिल्लो समय ब्याजदर बढाउने निर्णय गरिसकेका छन् । जसका कारण विश्वभर नै आर्थिक व्यवस्था प्रभावित हुने देखिएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया