राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै बिरामीको चाप

 असार २, २०७९ बिहिबार १३:४१:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ -  तुलसीपुरको रक्षाचौरमा रहेकोे राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै बिरामीको चाप बढेको छ । 

अस्पतालमा आँखाको रेटिना, क्यान्सर र आँखाको नानी सम्बन्धी समस्याको शल्यक्रियाकाे सेवा सुरु भएसँगै बिरामीहरुको सङ्ख्या बढेकाे अस्पतालले जनाएको छ ।

पछिल्लो समय गर्मीयाम सुरुवात भएसँगै अस्पतालमा आँखा पाक्ने, आँखा चिलाउने, आँखामा सुक्खापन हुने बिरामीहरुको अत्यधिक भिडभाड हुने गरेको विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले जानकारी दिनु भयो।

अस्पतालले थप विशेषज्ञ सेवा सुरु गरेसँगै ६ महिनाको अवधिमा अस्पतालमा आँखाको नानी सम्बन्धीको बिरामी २ हजार जना, रेटिना सम्बन्धी समस्या भएका १ हजार ४ सय जना र आँखाको ढकनी, आँशु नली, प्लाष्टिक सर्जरी, आँखाको क्यान्सर सम्बन्धीका लगभग १२/१३ सय जना बिरामीहरुले उपचार सेवा लिएको डा.सुवेदीले बताउनु भयो । 

गएकाे आर्थिक वर्ष २०७८/२०७९ देखि थप विशेषज्ञ सेवा थपिएसँगै अस्पतालमा दैनिक बिरामीहरुको चाप बढ्दो छ । अस्पतालमा आउने बिरामीको प्रचारप्रसारका कारण पनि सङ्ख्या क्रमश: वृद्धि हुँदै गएकाे हाे ।

अन्तिम अपडेट: चैत २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया