पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

 असार ३, २०७९ शुक्रबार ८:५०:३६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि प्रतियोगिता हुने भएको हो ।

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दूरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो ।

महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ मा रहेको कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै फेरि कालीखोलाको पुलमा नै आएर सम्पन्न हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 
 

अन्तिम अपडेट: असार १८, २०७९

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया