डोटीमा चितुवाको आक्रमणबाट आमा छोरी घाइते

 असार ४, २०७९ शनिबार ८:५:३५ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डाेटी – डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

चितुवाकाे आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया पार्वती विक र उहाँकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान घरभित्र पसेर चितुवाले आक्रमण गरेको थियो ।

पार्वतीको बायाँ हातको पाखुरा तथा टाउकोमा र उहाँकी छोरी लक्ष्मीको घाँटी र टाउकोमा चोट लागेको छ । घाइते आमा छोरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया