नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

 असार ७, २०७९ मंगलबार ६:५२:५४ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै - सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

अधिकारीमाथि निगमको जहाज साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको, सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराइ सोझै टिकट बिक्री गर्ने गरेकोलगायतका आरोप लागेको छ ।

गएको मङ्सिर ८ गते सरकारले उहाँलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।  
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया