भियतनाममा ६ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

 असार ७, २०७९ मंगलबार २०:१०:२५ | एजेन्सी
unn.prixa.net

भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्यवृद्धि भइसकेको अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका छन् ।  

विश्व बजारमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आफ्नो देशमा पनि मूल्यवृद्धि गर्नुपरेको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै पेट्राेलियम पदार्थमा तीन पटक मूल्यवृद्धि भइसकेको छ।

देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । देशमा अहिले आन्तरिक मागका लागि पाँचदेखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

महँगाे र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्यवृद्धि गर्नुपरेको सरकारी अधिकारीहरूको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य अझ बढ्न नदिन सरकारलाई वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • 9841566461

    June 21, 2022, 8:24 p.m.

    1. Cut of officers petroleum facility. 2. Cut off diesel & kerosene government taxes. 3. Incrise the electrical goods use. Transportation we'll be electric vehicles.

  •  0 Reply

तपाईको प्रतिक्रिया