प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । लिथुएनियाले कलिनिनग्राडमा रेलबाट निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ ।
कलिनिनग्राड रणनीतिक रूपमा महत्त्वपूर्ण रुसी भू–भाग हो । वरिष्ठ रुसी सुरक्षा अधिकारी निकोलाइ पाट्रुसेफले लिथुएनियाले शत्रुतापूर्ण व्यवहार गरेको र यो गम्भीर विषय रहेको बताउनुभएको छ । साथै उहाँले निकट भविष्यमा उपयुक्त कदम चाल्ने चेतावनी समेत दिनुभएको बीबीसीले जनाएको छ । यो नाकाबन्दी पश्चिमा देशको उक्साहटबाट भएको रुसको आरोप छ । तर लिथुएनियाले रुसले यूक्रेनमाथि गरेको आक्रमणपछि यूरोपेली सङ्घले लगाएको प्रतिबन्धको पालना मात्रै गरेको जनाएको छ ।
यसअघि ईयूले यूक्रेनमा उत्पादित खाद्यान्नमा रुसले नाकाबन्दी लगाएको र यो युद्ध अपराध भएको भन्दै टिप्पणी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि यूक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।