पोखरामा असारे रोपाइँ महोत्सवको तयारी : हलगोरु दौडदेखि हिलोमा माछा समात्ने प्रतियोगिता

 असार ८, २०७९ बुधबार ८:४९:२३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा पर्यटन परिषदको आयोजनामा हुँदै आएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगर-२५ हेम्जामा हुने भएको छ ।

देवीस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७ औँ असारे रोपाइँ महोत्सव हुन लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताउनुभयाे । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित हुन लागेको महाेत्सव कोरोनाका कारण अघिल्ला दुई वर्षहरुमा रोकिएको थियो ।

नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताउनुभयाे । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी हुने उहाँकाे भनाइ छ ।

उहाँले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको बताउनुभयाे । राेपाइँ महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया