घुस लेनदेनकाे अडियाे प्रकरण : न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति गठन

 असार ८, २०७९ बुधबार १७:१५:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएकाे छ । न्याय परिषद्काे आज बुधवार बसेकाे बैठकले यस्ताे निर्णय गरेको हाे ।   

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न समिति गठन गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । 

छानबिन समितिमा न्याय परिषद् सदस्य श्रेष्ठ संयोजक, सदस्यमा पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र अर्का न्यायाधीश महेश शर्मा पौडेल रहनुभएको छ । परिषद्का प्रवक्ता कार्कीका अनुसार समितिलाई कार्य अवधि ४५ दिन दिइएको छ । 

सिभिल सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा अहिले पुर्पक्षका लागि थुनामा रहेका तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको श्रव्य सामग्री सार्वजनिक भएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया