पोखराको नीति तथा कार्यक्रम : ६ महिनामा ३ हजार जनालाई रोजगारी, २ वर्षमा तार भूमिगत गरिने (पूर्ण पाठ)

 असार ८, २०७९ बुधबार १८:५३:२५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – आउँदाे आर्थिक वर्षको पहिलो ६ महिनामा पोखरा महानगरपालिकाले तीन हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज बुधवार आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ६ महिनामा तीन हजार जनालाई रोजगारी दिने बताउनुभएकाे हाे । 

रोजगारीका लागि स्नातक अध्ययन सकेर बसेका युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने आचार्यकाे भनाइ छ । महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडीबुटी सङ्कलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइन, वेबपेज डिजाइन, भिडियो इडिटिङ, वेटर आदिजस्ता सीप तथा तालिम दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी ४० वर्षमाथिका सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, लेकसाइडमा रहेको हिमा गृह र रत्न मन्दिरलाई व्यावसायिक रूपमा खुला गर्न पहल गर्ने कार्यक्रम रहेको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न यसअघि नै निर्णय गरिएको भन्दै थप पहल गर्ने मेयर आचार्यले बताउनुभयाे । 

बारीदेखी बजार सम्म : गोठदेखि ओठसम्म, पर्यटनका थप गन्तव्य केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्मका नयाँ सर्किटको सडक सम्भाव्यता अध्ययन गर्ने जस्ता कार्यक्रम पनि रहेका छन् । 

त्यसै गरी पोखराको पृथ्वी चोकमा अन्डरपास र फ्लाई ओभरको सम्भाव्यता अध्ययन गर्ने, पोखरा चक्रपथ निर्माणका लागि अध्ययन गरिने, सार्वजनिक पार्किङ स्थलको उचित व्यवस्थापन गरिने, आउँदाे दुई वर्षभित्र टेलिफोनका तार र अन्य तार हटाइ भूमिगत गरिने पनि नीति तथा कार्याक्रममा समेटिएकाे छ । 

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ–

अन्तिम अपडेट: चैत ११, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया