आज वाग्मती, गण्डकी, प्रदेश-१ र मधेस प्रदेशमा पानी पर्ने

 असार ९, २०७९ बिहिबार ८:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ को मौसम सामान्य बद्ली भएको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज चार प्रदेशमा पानी पर्ने सम्भावना छ ।

यस्तै, आज लुम्बिनी र कर्णालीमा पनि पानी पर्ने अनुमान गरिएको छ । मनसुनी गतिविधि फैलिन थालेको छ । अबको केही दिनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि मनसुन फैलिने मौसमविद् मानन्धरले बताउनुभयो ।

यस्तै, आज राति प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रदेश-१ मा लगातारजसो ठूलो वर्षा भइरहेको छ । यसले गर्दा यो  प्रदेशमा बाढी पहिरोको जोखिम उच्च छ ।

यस्तै, वाग्मती र  गण्डकी प्रदेशका पहाडी जिल्लामा पनि जमिन गलिसकेकाले सामान्य पानी पर्दा पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया