'आईएमई पे' बाट उडान टिकट काट्दा क्यासब्याकसँगै तीन सय रुपैयाँ छुट पाइने

 असार ९, २०७९ बिहिबार ९:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आईएमई पे”ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ। 

कम्पनीले 'उच्च तापक्रममा उच्चतम छुट' नामक “फ्ल्यास सेल” किसिमको नयाँ अफर ल्याएकाे हाे । 

अफरमार्फत मङ्गलवार र शनिवारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म 'आईएमई पे' एपबाट हवाई उडान टिकट काट्दा यात्रुहरुले दैनिक हाइएस्ट क्यासब्याकको साथै थप तीन सय रुपैयाँ बोनस पाउने छन् । 

आईएमई पे एपले यस अफर अवधिभरी हप्ताको २ दिन ( मङ्गलवार र शनिवार) केवल १ घण्टाको लागि यस अफर मार्फत थप तीन सय रुपैयाँ बोनस यात्रुहरुलाई प्रदान गर्ने छ । 

असार ७ गतेदेखि सुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया