न्युयोर्कमा नागरिकलाई दुःख दिने १ सय वटा मोटरसाइकल बुलडोजर लगाएर ध्वस्त बनाइयो (भिडिओसहित)

 असार ९, २०७९ बिहिबार १४:२६:१६ | एजेन्सी
unn.prixa.net

अमेरिकाको न्युयोर्क प्रहरीले नागरिकलाई दुःख दिने एक सय वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइदिएको छ । ध्वस्त बनाइएकामध्ये धेरैजसो मोटरसाइकल विशेषगरी कच्ची बाटोको लागि बनाइएका रहेका छन् ।

सहरमा तीव्र गतिमा कुदाउने, चर्को आवाज निकाल्ने, ट्राफिक नियमको पालना नगर्ने, पैदल यात्रुलाई ठक्कर दिँदै फुटपाटमा कुदाउने लगायतका गतिविधि गर्ने बाइकमाथि कारबाही गर्न नागरिकले उजुरी दिएका थिए । नागरिकको उजुरीको आधारमा मोटरसाइकल चालकलाई पटक–पटक सम्झाइबुझाइ गरे पनि नटरेकोले बुलडोजर नै लगाएर ध्वस्त बनाइएको न्युयोर्क सहरका मेयर एरिक एड्म्सले बताउनुभएको सीएनएनले जनाएको छ । 
‘मोटरसाइकलहरू नागरिकका लागि साँच्चिकै खतरनाक थिए, त्यसैले जफत गरेर बिक्री गर्ने र कसैलाई अनुदानमा दिने भन्दा पनि ध्वस्त पार्न उचित ठानियो’, मेयर एडम्सले भन्नुभयो । 

न्युयोर्कका नागरिकले शान्तसँग बाँच्न पाउने र सडक अधिकारको प्रयोग गर्न पाउने विषयमा सम्झौता गर्न नसकिने पनि उहाँले बताउनुभएको छ । न्युयोर्क सहरमा नागरिकलाई दुःख दिएर चल्ने दुई हजार मोटरसाइकललाई गएको जनवरीयता प्रहरीले नियन्त्रणमा लिएको छ । 

तस्बिर/भिडियाे : न्युयाेर्क मेयरकाे कार्यालय

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया