वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

 असार ९, २०७९ बिहिबार १५:२१:२५ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त हुनुभएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट आज बिहीवार ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।

निगमको अप्रेशन निर्देशक रहनुभएका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाउनुभएको बताइएको छ । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्कासित गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । 

कोभिड १९ को महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपङ्क्तिमा रहनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया