फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झर्‍याे

 असार ९, २०७९ बिहिबार १६:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेकाे हाे । 

नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेकाे छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो ।

नेपालले गएकाे जेठमा कुवेतमा एएफसी एसियन कपकाे अन्तिम चरणकाे छनाेटमा खेल खेलेकाे थियाे । छनाेटमा समूह चरणकाे तीन वटै खेलमा नेपाल पराजित भएकाे थियाे, त्यही हारकाे असर याे वरीयतामा परेकाे हाे । 

छनोट अन्तर्गत नेपाल पहिलाे जोर्डनसँग दुई–शू्न्य, दाेस्राे खेलमा कुवेतसँग चार–एक र तेस्राे खेलमा इन्डोनेसियासँग सात–शून्य गाेलले पराजित भएको थियो ।

फिफा वरीयताकाे शीर्ष पाँचमा क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड रहेका छन् । त्यस्तै स्पेन, इटली, नेदरल्यान्ड्स, पाेर्चुगल र डेनमार्क शीर्ष दशमा अटाएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया