अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या

 असार १०, २०७९ शुक्रबार १२:५३:५६ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने ठाउँको समस्या भएको छ ।

भूकम्पबाट बच्न सफल भएका नागरिकले आफूहरुलाई खानेकुरा र बस्ने बासको समस्या भएको गुनासो गरेका बीबीसीले जनाएको छ ।

पाक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । तीन हजारभन्दा धेरै मानिस घाइते भएको अनुमान छ । गाउँमा माटो र ढुङ्गाबाट बनेका प्रायः सबै घर क्षतिग्रस्त भएका छन् ।

तालीबान सरकारले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ । पहिले नै गम्भीर मानवीय सङ्कटसँग जुझिरहेको आफगानिस्तानमा पछिल्लो भूकम्प अर्को सङ्कट बनेको छ । त्यहाँ सम्भावित हैजा तथा अन्य सरुवा रोगको जोखिम पनि बढेको छ।

पीडितलाई सहयोग गरिरहेको संयुक्त राष्ट्र सङ्घले हैजाको प्रकोपको सम्भावित जोखिमको चेतावनी दिएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया