प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध कराेडाैँ रुपैयाँ मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

 असार १०, २०७९ शुक्रबार १४:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन  प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

राजश्व चुहावट गरी भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ओम सप्लायर्स कलैया ६ बाराका प्रोपाइटर ओम शंकर प्रसाद र उनको कम्पनी तथा न्यू पाथीभरा सप्लायर्स हेटौँडा ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सेढाईविरुद्ध एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । न्यू पाथीभरा सप्लायर्स हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध एक करोड ६६ लाख बहत्तर हजार ६ सय रुपैयाँ माग दाबी गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया