स्याम्पुकाे बट्टाभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित एक जना पक्राउ

 असार १०, २०७९ शुक्रबार १६:९:४ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – सनसिल्क स्याम्पुभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट आज बिहान एक जना पक्राउ परेका छन् ।

सलाम एअरवेजको उडान नं.४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंह एक सय ग्राम सुनसहित पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सनसिल्क स्याम्पुको झोलमा मिसाएर उक्त १०० ग्राम सुन लुकाएर ल्याएका थिए ।

अहिले सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया