अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

 असार १०, २०७९ शुक्रबार १८:५१:५२ | एजेन्सी
unn.prixa.net

अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले विधेयक पारित गरेको हो ।

सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको छ । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका छन् । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभएको समाचारसंस्था एएनआइले जनाएको छ ।

अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि राष्ट्रपतिले लालमोहर लगाउने व्यवस्था छ । राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रुपान्तरण हुनेछ । टेक्सासको उभल्देमा रहेको एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुकको हिंसामा मारिएको एक महिनापछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ ।

३९ करोड अमेरिकीसँग बन्दुक रहेको छ । बन्दुक हिंसाको प्रकोप नियन्त्रण गर्ने विधेयकको धेरैले स्वागत गरेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया