पोखराको सुइँखेत डुबानमा, १ सय ५० भन्दा बढी परिवार विस्थापित

 असार ११, २०७९ शनिबार १०:१६:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखराको सुइँखेत डुबानमा परेको छ । हिजाे बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् । 

पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएकाे छ ।

नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयाे । 'डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खाेला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ । विशेषत फार्महरुमा बढी क्षति पुगेकाे छ' उहाँले भन्नुभयाे । 

विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएकाे र अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार पोखरा-१६ अमलामा भने एउटा घर बगाएकाे छ ।

अन्तिम अपडेट: साउन २२, २०७९

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया