विद्यालय गएका छात्र खोलामा मृत फेला

 असार १३, २०७९ सोमबार ७:५:२५ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङमा विद्यालय गएका एक छात्र चार दिनपछि खोलामा मृत भेटिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

गएको ८ गते बिहान ९ बजे विद्यालय हिँडेका दाहाल हिजो खोलामा मृत भेटिएका हुन् । दाहाल कालीका माविमा कक्षा ९ मा अध्ययनरत थिए ।

विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी भइरहेको थियो । धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले दाहालको शव दहमा डुबिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया