धेरैभन्दा धेरै अभ्यासको खाँचो छ : रुविना क्षेत्री

 असार १३, २०७९ सोमबार १३:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला राष्ट्रिय क्रिकेटकी कप्तान रुविना क्षेत्रीले खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताएकी छिन् ।

एसीसी महिला टी–२० च्याम्पियन्ससिपमा सहभागी भएर बिहान स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् । उनले सकेसम्म सबै खेलाडी काठमाण्डौमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएको पनि बताइन् ।

यस्तै, अस्मिना कर्माचार्यले पनि मलेसिया भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आउँदाे दिनमा अझै राम्रो गर्न अभ्यास खेललाई निरन्तरता दिनु पर्ने बताइन् । उनले राम्रो खेल्दा खेल्दै पनि एसीसी महिला टी–२० च्याम्पियनसिपबाट बाहिरिनु परेकोमा दु:ख लागेको बताइन् ।

मुख्य प्रशिक्षक जगत टमाटाले जित नजिक पुगेर पनि  खेल गुमाउनु परेको गुनासो गर्नुभयो । एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुन गएको नेपाली महिला क्रिकेट टोली बिहान स्वदेश फर्किएको हो ।

वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । यूएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो  । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन  ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया