न्युजिल्यान्डमाथि इङ्ग्ल्यान्डकाे ह्वाइटवास

 असार १३, २०७९ सोमबार १९:४५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : टीओआई स्पाेर्ट्स

काठमाण्डाै – न्युजिल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खलामा इङ्ग्ल्यान्डले ह्वाइटवास गरेको छ । आज सोमवार सकिएको तेस्रो खेल सात विकेटले जित्दै इइङ्ग्ल्यान्डले शृङ्खला तीन–शून्यले ह्वाइटवास गरेको हो । 

तेस्रो टेस्टमा न्युजिल्यान्डले दिएको दुई सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले पाँचौँ दिनको खाना समयपछि मात्र तीन विकेट गुमाएर भेटायो । उसका लागि जोय रुटले नटआउट ८६ र जोनी बे्रेस्टोले ७१ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र माइकल ब्रेसवेलले एक/एक विकेट लिए ।

यसअघि इङ्ग्ल्यान्डले पहिलाे टेस्ट पाँच विकेट र दाेस्राे टेस्ट पनि पाँच विकेटले नै जितेकाे थियाे । तीन खेलकाे टेस्ट क्रिकेट शृङ्खलाका लागि न्युजिल्यान्ड इङ्ग्ल्यान्ड भ्रमणमा आएकाे हाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया