झापाको भद्रपुर, विर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 असार १४, २०७९ मंगलबार ६:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पछिल्लो ६ घण्टा झापाको भद्रपुर, विर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षा हुने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासि बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश एक, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया