काठमाण्डाैको कोटेश्वरमा माइक्राेले ठक्कर दिँदा पैदलयात्रीकाे ज्यान गयाे, परिचालक घाइते

 असार १४, २०७९ मंगलबार ८:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाडौको कोटेश्वरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा पैदलयात्रु स्याङजाका ५२ वर्षका देवकुमार सेनको ज्यान गएको प्रहरीले जनाएको छ । पैदलयात्रुलाई ठक्कर दिएको बा २ ख १२३१ नम्बरको माइक्रो अनियन्त्रित भएर ट्रकमा ठोक्किएको थियो । माइक्रोका परिचालक घाइते भएका छन् । घाइते परिचालकको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ ।

ट्रकका चालकलाई प्रहरीले पक्रेको छ भने माइक्रोका चालक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया