अमेरिकाको टेक्सासमा लरीभित्र ४६ जना मृत अवस्थामा भेटिए

 असार १४, २०७९ मंगलबार ९:३:३६ | एजेन्सी
unn.prixa.net

अमेरिकाको टेक्सासमा एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला छन् । टेक्सासको सान एन्टोनियो भन्दा केही पर उनीहरु मृत भेटिएका हुन् ।

मृत भेटिएकाहरु आप्रवासी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ । थप १६ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको सान एन्टोनियो प्रहरीले जनाएको छ । सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २ सय ५० किलोमिटरको दूरीमा छ । ज्यान गुमाउनेहरु कुन देशका हुन् भनेर अहिलेसम्म खुलि नसकेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया