वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

 असार १४, २०७९ मंगलबार ११:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्न लाग्नुभएको छ । आज दिउँसो ३ बजे काठमाण्डौको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो ।

राष्ट्रिय सभाका सांसद रहनुभएका गौतम नेपालका वामपन्थी दलहरुको एकै ठाउँमा ल्याउन अभियान चलाउँदै आउनु भएको थियो । गएको शनिबार भएको राष्ट्रिय भेलाले पार्टी गठन गर्ने निर्णय गरेको प्रचार संयोजक निमकान्त पाण्डेले बताउनु भएको छ ।

६९ सदस्यीय केन्द्रीय कमिटीमा गौतम अध्यक्ष र डिबी कार्की सचिव रहेको पाण्डेल जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी प्रक्रियामा पनि अघि बढ्ने तयारी भएको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया