जसपामा उपेन्द्र यादव पक्ष मन्त्री फेर्ने तयारीमा, बाबुराम भट्टराई पक्ष बेखबर

 असार १४, २०७९ मंगलबार ११:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउनुभयो । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । जसपाको कार्यकारिणी  समितिको बैठकमा डा. बाबुराम भट्टराई र उहाँ पक्षका नेता भने सहभागी नभएका पाइएको छ ।

बैठकले नयाँ मन्त्रीमा नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको बुझिएको छ । यसले फुटको संघारमा पुगेको जसपामा झन् विवाद बढ्ने देखिन्छ । जसपाभित्र अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच पछिल्लो समय विवाद छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया