बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगाेठ जलेर नष्ट, १७ लाख र...
जेठ १५, २०८० सोमबार
डोटी – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले आज मङ्गलवारदेखि सुदूरपश्चिम प्रदेशलाई 'बेस' बनाएर पहिलो उडान सुरु गरेको छ ।
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले केही दिनअघि विमान सञ्चालक कम्पनीहरूले आफ्नो बेस लिएका ठाउँबाट पहिलो उडान भर्नुपर्ने निर्णय लागू गर्नुभएको थियो । त्यहीअनुसार बुद्ध एअरले धनगढीकाे गेटा विमानस्थलबाट आज बिहान काठमाण्डौका लागि पहिलो उडान भरेको हो ।
आफ्ना सबै उडान काठमाण्डौबाट सञ्चालन गर्दै आएको बुद्धले आजदेखि धनगढी–काठमाण्डौ पहिलो उडान सुरु गरेको गेटा विमानस्थलमा रहेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एअरले आज बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्ने तालिका थियो तर मौसमको खराबीका कारण ८ बजेर ९ मिनेटमा काठमाण्डौका लागि उडेको थियो ।
बुद्धले गेटाबाट उडान भर्न सुरु गरेपछि यहाँका यात्रुलाई निकै सहज भएको छ । बुद्ध एअरको जहाजले अब हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट काठमाण्डौका लागि उडान भर्ने भएको छ ।