वामदेव गाैतमद्वारा नयाँ दल घाेषणा

दलकाे नाम 'नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान'

 असार १४, २०७९ मंगलबार १६:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ ।

काठमाण्डौमा आज मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गर्नुभएको हो । दलको संयोजकमा स्वयम् वामदेव गौतम हुनुहुन्छ भने सचिवमा डीबी कार्की रहनुभएको छ ।

गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।

वामदेवले नयाँ पार्टीमा श्रीमती तुलसा थापा र छोरा हरिसदेव गौतमलाई पनि केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ । तुलसा थापा अहिले पनि नेकपा एमालेको तर्फबाट सांसद हुनुहुन्छ । 

पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डीबी कार्कीले जानकारी दिनुभयो । गौतमको संयोजत्वमा आठ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । त्याे सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनुभएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया