थप ४४ जनामा काेराेना पुष्टि

 असार १४, २०७९ मंगलबार १६:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा १७ जना निको भएसँगै अब नेपालमा दुई सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

थप एक लाख ३६ हजार नाै सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया